नेपालमा साक्षरभन्दा निरक्षरमा ‘क्यान्सर’ रोग उच्च
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १९:४९:१
८ चैत, काठमाडौं । नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ । एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो ।
एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो । सो अनुसन्धामा एक दशमलव नौ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ ।
अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ । सत्ताइस दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ ।
अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३ दशमलव पाँच वर्ष रहेको छ । एन्सन नेपालले एक सय तीन जना काठमाडौंमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो ।
अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२ दशमलव सात प्रतिशत कृषि, २२ दशमलव तीन प्रतिशत व्यापार, ११ दशमलव सात प्रतिशत दैनिक ज्यालादारी, आठ दशमलव सात प्रतिशत सरकारी सेवा र आठ दशमलव सात प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार