तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर !
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार २२:१४:४०
८ चैत, चितवन। तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा ट्यूमर बढ्दै गएर ठूलो समस्या बन्न सक्छ ।
नवलपरासीका एक व्यक्तिको साप्रा ‘तिघ्रा’ बाट तीन किलोको ट्यूमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्यूमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ‘पुरानो मेडिकल कलेज’ का डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षिय ती पुरुषको साप्राबाट उक्त ट्यूमर निकालेको हो । डा. निश्चित श्रेष्ठ, डा.विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा.राजेश यादव सहितको टोलीले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रियामा संलग्न डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठूलो ट्यूमर देखिएको थियो । आफूहरुले खुट्टामा यति ठूलो ट्यूमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताए ।
प्रारम्भिक जाँचमा बोसोसको ट्यूमर देखिएको उनले जानकारी दिए । यस्ता खाले ट्यूमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उनको भनाई छ । बिरामीको अवस्था सुधार हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार