उपभोक्ता समिति नहुँदा योजना कार्यान्वयनमा कठिनाइ
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १९:३९:२३
१२ चैत, बलेवा । बागलुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनका लागि कठिनाइ भएको हो ।
काठेखोला गाउँपालिका–६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायतयोजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन ।
उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष बृहस्पति शर्माले बताए । एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी १० जना उपभोक्ता आवश्यक पर्दछ । “एउटा योजनामा बसेको उपभोक्ता उक्त योजना सम्पन्न नभएसम्म अर्काेसमितिमा बस्न नपाउने प्रावधानका कारण उपभोक्ता समिति गठन गर्न कठिनाइ भइरहेको छ”, उनले भने ।
समितिमा बस्न योग्य अधिकांश युवा अन्य योजनामा बसेका र उमेर पुगेका स्थानीय बजार केन्द्रीत हुँदा जनशक्ति अभाव भएको अध्यक्ष शर्माको भनाइ छ । “उपभोक्ताको सङ्ख्या पु¥याउन कठिन छ”, उनले भने, “उपभोक्ताको भेला, बैठक राखेर काम गर्न गाउँमा मान्छे छैनन् ।”
वडा कार्यालयले यो आर्थिक वर्षमा साना ठूला गरी वडाभित्र ४९ योजना तयार गरेको छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका छन् । शिक्षक, कर्मचारी र राजनीतिक दलमा आवद्ध पदाधिकारीउपभोक्ता समितिमा बस्न पाउँदैनन् । अध्यक्ष शर्माले भने, “गाउँमा कि बालबालिका, कि ज्येष्ठ नागरिक धेरै छन्, काम गर्ने उमेर समूहका व्यक्ति पाउन मुस्किल छ ।”
वडा–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञान आवश्यक पर्ने तथा व्यक्तिगत खर्च हुने भएकाले उपभोक्ताले दायित्व बोक्न नचाहने प्रवृत्ति बढेको बताए । अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अन्य सदस्यलाई उपभोक्ता समिति दोहोरिँदा समस्या नआउने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका पालिकाले एक अर्ब १२ करोड अनुदान पाउने
चैत १३, २०८० मंगलबार
चार दिनदेखि कुश्माबजारका सरकारी निकाय अन्धकार
चैत ८, २०८० बिहिबार
काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार