चौध वर्ष मुनिका आठ बालबालिकामा क्षयरोग संक्रमण
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २३:२५:५७
१२ चैत, चितवन । जिल्लामा आठ बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन् ।
स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्कमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक÷एक र इच्छाकामना गाउँपालिकामा एक जना छन् । चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए ।
दुवाडीले बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए । संक्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन् । बालबालिकामा स्वासप्रश्वास र जुठो खाँदा क्षयरोगको संक्रमण सर्ने उनको भनाइ छ । दुवाडीले भने, “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि सर्ने गरेको छ ।”
विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको संक्रमण हुने गरेको छ । गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको संक्रमण देखिएको थियो । तीमध्ये ३१ बालबालिका थिए । आर्थिव वर्ष २०७७÷७८ मा संक्रमितको सङ्ख्या आठ सय ९३ मध्ये १८ जना संक्रमित बालबालिका थिए ।
दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्ष्यण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए । यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवान गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार