नेपाल लाइफका अभिकर्तालाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
चैत १३, २०७९ मंगलबार ३:१६:३
१३ चैत, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा कोशीप्रदेश र मधेश प्रदेशबाट गरि ५ सय जनाभन्दा अभिकर्ता तथा एजेन्सीम्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गरे। “सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात”भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेको बताए ।
कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झा को उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थितअभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
“किन कि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पुस मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको जनाएको छ ।
यस्तै कम्पनीकोे जीवन बीमा कोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनीकोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटाबीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार