कृषि विकास बैंकको लाभांश प्रस्ताव पारित हुँदै
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १६:४०:५
१४ चैत, काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारणसभा मंगलबार बस्दैछ । सभा यस बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बस्नेछ । सभामा १३ प्रतिशत लाभांश वितरण प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
उक्त लाभांश गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस शेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यता, ६ प्रतिशत नगद लाभांश अग्राधिकार शेयरधनीलाई वितरण गर्ने प्रस्ताव रहेको छ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार