खोटाङको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १६:४१:९
१४ चैत, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । कालोत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताइन् । ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । यसकारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार