एमाले नेता भीम रावलले दिए ओली लक्षित विद्रोहमा जाने संकेत
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार १९:५:२२
१४ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कैलाली पुगेर पार्टीमा विद्रोह गर्ने संकेत दिएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै अब पीडा सहेर नबस्ने र पार्टीभित्र बाटै नयाँ कदम चाालेर अगाडी बढ्ने मनसाय देखिएका छन् । उनको नयाँ कदम एमाले परित्याग हो वा ओली विरुद्ध भित्रै विद्रोह हो भन्ने खुलको छैन् । उनी लामो समयदेखि एमाले भित्र ओलीको दवाव खेप्दै आएका छन् । एमालेमै रहँदा माधव नेपाल समुहमा रहेका रावल अहिले एमालेमा लगभग एक्ला नेताको रुपमा चिनिन्छन् ।
२०७४ को आम निर्वाचनपछि नेकपा माओवादी र नेकपा एमालेलाई एक बनाउन ठूलो भूमिका खेलेका नेता भीम रावल नेकपा विभाजन भएसँगै लगभग एमालेको राजनीतिमा एक्लिदै गए । माओवादी र एमाले विभाजन भएपछि एमालेमा आएको विभाजनमा पनि उनले माधव नेपाल छाडेर ओलीलाई नै साथ दिएका थिए । तर, उनले ओलीबाट एमालेमा नेताको हैसियत समेत पाएनन् । एमालेको महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका रावललाई यसपछि पर्टीमा ओलीले मान्यता समेत दिन छाडेका थिए ।
ओलीसँगै वैचारिमक बेमेलकै कारण सधै सुदूरपश्चिमबाट चुनाव लड्दै र जित्दै आएका रावलले २०७४ को आम निर्वाचनमा पार्टीबाट टिकट समेत पाएनन् । उनको क्षेत्रमा ओलीले एमालेमै रहेका पूर्वमाओवादी नेता लेखराज भट्टराई अगाडी सारेर टिकट वितरण गरे । माधव नेपाललाई छोडर ओलीको साथमा रहेपछि रावलको राजनीतिक उच्चाई पनि घटेको छ । ओलीबाट उनको जस्तै पिडा भोगेका तत्कालिन एमालेका प्रभावशाली नेता बामदेव गौतम अहिले अलग्गै भएर बसेका छन भने माधव नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरी एक निर्वाचनमा समेत भाग लिइसकेका छन ।
अहिल एकीकृत समावदावीका अध्यक्ष नेपाल यहि पार्टीबाट एमाले अध्यक्ष ओलीलाई काउण्डर दिइरेहका छन् । पछिल्लो समय माधव नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ समाजवादी धारको कम्युनिष्ट सञ्जाल बनाउने प्रयास गरिरहेका छन् । उनीहरुले यो सञ्जालमा ओलीबाहेकका नेताहरुलाई समेट्न बताइरहेका छन् । यसकै सेरोफेरोमा भीम रावलको आसय पनि आएको हुनसक्ने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइ, माओवादीबाट अलग भएका नेताहरु, एमालेबाट बाहिरएका बामदेव गौतमलगायतसँग अहिले समाजवादी मोर्चाका बारेमा छलफल भइरहेको छ ।
नेकपा एमालेभित्र अझै पनि माधव नेपाल समूहका केहि नेताहरु छन् । तर, ति नेतालाई रावलले एकत्रित गर्न सकिरहेका छैनन् । ओलीसँग बैचारिक मतभिन्त राख्ने घनश्याम भुसालले पनि एमाले छाडेर एक निर्वाचन लडेपछि अहिले माधव नेपालको पार्टी नेकपा एसमा पुगेर महासचि भइसकेका छन् । अब एमालेमा विद्रोह गरेर भिम रावल लगायत नेताहरु पनि बाहिरिन सक्ने विश्लेषण भइरहेको बेला रावलको यो भनाइले पनि अर्थपूर्ण संदेश दिएको छ ।
मंगलबार पत्रकार सम्मेलनमा छोटो बोलेका रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नियत राखे नयाँ पाइला चाल्ने बताए । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनको भनाई थियो । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले नभन्ने उनले बताए । कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’
अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको बताएका थिए । उनले त्यो आरोपको खण्डन गर्दै एमाले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी आफुले पाएको भए स्वागत गर्न जाने थिए भन्दै रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू पुगिनसको बताए । उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्दा ठूलै सोचको आवश्क पर्ने बताए ।
उनले यसअघि कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेका थिए । यस प्रश्नमा रावलले आफु अहिलेसम्म नेकपा एमालेको सदस्य भएको बताए । रावलले भने, ‘कसैले तँं नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् । तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्छु र निर्णय गर्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार