नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार

नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २१:४२:२५

मुकेश कुमार यादव
१४ चैत, सिरहा। सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो।
प्रमख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए। उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएँ, एकजनालाई समाएँ र अर्को भने भाग्न सफल भयो।’
मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी ‘बहुमत’ को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका-१ का साधुशरण महरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाएको छ ।
उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेको उल्लेख गरिएको छ।
पर्चामा फर्जी कागज बनाई गोलबजार-१ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको पर्चामा उल्लेख गरिएको छ। घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व-पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेको थियो । सिरहामा जनप्रतिनिधिमाथि मोबिल छ्यापेको यो पहिलो घटना हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
जेठ २५, २०८० बिहिबार
बेलवामा पनि हटाइयो ऐलानी जग्गाको अतिक्रमण
जेठ २४, २०८० बुधबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
जेठ २६, २०८० शुक्रबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेस
जेठ २६, २०८० शुक्रबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार