एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १८:१८:१७
१५ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दिप जोरा छन् ।
त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहेका छन् । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाएमकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिङ्गापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।
उक्त प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले आगामी वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार