बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १८:२०:४५
१५ चैत, बैतडी । जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौंमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए ।
बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द, आयुश चन्द, अशोकनाथ योगी, दिपेश पाण्डे, विक्रम बोहरा, जित्तु थापा, भुपेश चन्द, विनोद लावड, रुपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनोट भएको छ ।
यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्पर्धा गराइएको र त्यसपछि खेलाडी छनोट गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज वोकटीले जानकारी दिए । सहभागी हुन आउने खेलाडीलाई अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ ।
बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौँस्थित निङ्ग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ । प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।
नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्टजोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार