पत्रकार महासंघको स्थापना दिवसमा सात पत्रकार पुरस्कृत
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १७:३०:४३
१६ चैत, दमौली । नेपाल पत्रकार महासंघको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरेका हुन ।
शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
यस्तै ‘चिरणहरि पत्रकारिता पुरस्कार’ रासस समाचारदाता सानेबहादुर नेपालीलाई, ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई, ‘भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई तथा ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पवन पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार