नेप्से १०.८७ अंकले ओरालो, शिवम सिमेन्ट शीर्ष स्थानमा
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २१:२३:५१
१६ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । लगातार तिनदिन देखि बढेको शेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ ।
बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।
यसअघि बुधबारको कारोबारमा शेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा ४९ कम्पनीमा वृद्धि भएको छ । १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थिर रहेको छ ।
कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । हिमालय डिस्टिलरी दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
सोमबार १३ उपसूचकहरू मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ । आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार