गृहमा जाने भएपछि मन्त्री नारायणकाजी श्रेष्ठले भौतिकमा मच्चाए सरुवा आंतक

नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १६:५५:२२

१७ चैत, काठमाडौं । आजबाट गृह मन्त्रालयको जिम्मेवारीमा जाने तयारीमा रहेका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले जाँदाजाँदै मन्त्रालयमा कर्मचारी सरुवामा आंतक मच्चाएका छन् । उनले गृहमा जानु अगाडि नै जथाभावी कर्मचारी सरुवाको फाइल अघि बढाएरपछि कर्मचारीमा आतंक फैलिएको छ । केही समय अगाडि सरुवा परेका कर्मचारी पनि फेरी सरुवामा परेका छन् ।
मन्त्री श्रेष्ठले योग्य र सक्षम कर्मचारीलाई हटाएर आर्थिक सेटिङ गरी केही कर्मचारीलाई मालदार विभागमा पठाएको बताइएको छ । स्रोतका अनुसार मन्त्रालयमा मन्त्रीले सरुवामा हस्तक्षेप गरेपछि उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवामा कसको नाम राख्ने र झिक्ने विषयमा हात हालाहालकै अवस्था सिर्जना भएको थियो । मन्त्री श्रेष्ठले मन्त्रालय परिवर्तन हुने संकेत पाएपछि गत आइतबारदेखि नै खोजी खोजी सेटिङमा कर्मचारी सरुवा गराएका थिए ।
उनले मालदार विभागमा केही कर्मचारीको नाम राखेपछि मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको कार्यकक्षमा नाम राख्ने र झिक्ने कुरामा विवाद भएको थियो । त्यसैदिन श्रेष्ठले मन्त्रालय परिवर्तन हुने समाचार बाहिर आएको थियो । उनले विधि र प्रक्रिया बाहिर गएर कर्मचारीको सरुवाको फाइल तयार गरेपछि विवाद भएर भनाभन भएको थियो ।
स्रोतका अनुसार विवाद मिलाउन मन्त्रालयका सचिव केशव शर्मा नै पोखरेलको कार्यकक्षमा पुगेका भएपनि विवाद मिलेको थिएन । नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, महासचिव जनक राउत, नेता राजन खड्का लगायत नेताहरू र मन्त्रालयका उच्च कर्मचारीहरूबीच विवाद भइरहेका बेला उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठका सचिवालय सदस्य पनि त्यहाँ पुगेको स्रोतले जनाएको छ । कर्मचारी नेताहरू उनकाे सचिवालयको टीमसँग निकै आक्रोशित बनेका थिए ।
राउतले विधि र प्रक्रियाबाहिर गई सरुवा गर्न खोजेकाले मन्त्रालयका उच्च कर्मचारीले मन्त्री श्रेष्ठको विरोध गरेका थिए । राजनीतिक पूर्वाग्रही भई केही उच्च कर्मचारीको सरुवा गर्न खोजिएको भन्दै मन्त्री श्रेष्ठको विरोध गरिएको थियो । ‘चैत सरुवाको सिजन होइन, त्यसमा पनि यो महिना विकास निर्माणमा व्यस्त रहने बेला हो, यस्तो बेला राजनीतिक पूर्वाग्रह राखी इन्जिनियरहरूको सरुवा गर्न खोजियो, त्यसलाई हामी कर्मचारीले रोेक्न खोजेका थियाै त्यसैले तनावपूर्ण अवस्था आएको हो’, स्रोतले भन्यो ।
विवादकै बीचमा मन्त्रालयले ३६ जना योजना प्रमुख, डिभिजन प्रमुख तथा मन्त्रालयका उपसचिवहरूको सरुवा गरेकाे छ । सरुवाको सिजन नभए पनि न्यूनतम विधि र प्रक्रिया मिचेर मन्त्रालयले ४० जना उच्च कर्मचारी सरुवा गर्न खोजेकाले त्यसलाई रोक्न कर्मचारीहरुले बल गरेका थिए । नियमअनुसार सामान्यतया मन्त्रालयभित्र आन्तरिक सरुवाका लागि उपयुक्त महिना भदौ र असोज भएपनि मन्त्री श्रेष्ठले हतारमा सरुवा गरेका थिए । सरुवामा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने स्रोतको दावी छ ।
विशेष कारण भए सामान्यको सहमति लिएर अरू महिनामा पनि सरुवा गर्न सकिने कानुनी व्यवस्थालाई टेकेर मन्त्री श्रेष्ठले ३६ जना सिडिईको सरुवा गरेका थिए । मन्त्रालय स्रोतका अनुसार करिब करिब यति नै संख्यामा इन्जिनियर ’शाखा अधिकृत’ लाई सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयबाट सहमति लिने तयारी भएको थियो तर उनीहरुको भने तत्काललाई रोकिएको छ ।
मन्त्रालय स्रोतका अनुसार बैतडी, हुम्ला, प्युठान, जुम्लालगायत डिभिजन कार्यालय तथा योजना कार्यालयमा प्रमुखहरू फेरबदल गरिएको छ । हुम्लामा निमित्त प्रमुख वीरेन्द्र यादवलाई झिकेर अर्को निमित्त पठाएको तथा भेरी करिडोर तथा सडक डिभिजन पश्चिम रुकुमको दोहोरो जिम्मेवारी लिएका आशुतोष कर्णलाई एक ठाउँमा मात्र जिम्मेवारी दिएको मन्त्रालय स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
सिरहामा भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता
जेठ २६, २०८० शुक्रबार
समानुपातिक सांसदले पनि खोजे सांसद कोषको रकम
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार