पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १३:३९:३०
१७ चैत, तुलसीपुर । दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।
“त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो”, कार्यवाहक प्रमुख रावतले भने, “त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ ।”
दिउँसो त्यहाँ मजदुरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो । त्यहाँ पूर्वतर्फको वडा नं १० मा पर्छ भने पश्चिमतर्फको वडा नं ८ मा पर्छ । ठेकेदार झग्गु भण्डारीले पश्चिमतर्फको जग्गालाई घडेरी बनाउनका लागि रिटेनिङ वाल लगाउन थालेको स्वीकार गरेको कार्यवाहक प्रमुख रावतले बताए । त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो ।
केही समय अघिदेखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो । पातुखोलामा निर्माण भएको अटोभिलेजबाट केही दक्षिणतर्फ घडेरी बनाउन लागेको थाहा पाएपछि आफूहरू सक्रिय भएको रावतले बताए ।
पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ । केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार