भारतमा फेरि बढ्यो कोरोना, आज एकैदिन तीन हजार संक्रमित

नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २१:१९:२३

१७ चैत, नयाँदिल्ली । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार संक्रमित फेला परेका थिए ।
उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा संक्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय संक्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्यलाभ गरेका छन् ।
उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कारोना परीक्षण गरिएको छ ।
केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कारोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।
गम्भीर रोगको सामना गरिरहेका वर्गलाई संक्रमण प्रतिरोधी खोपमा प्राथमिकतना दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वी क्यानडामा भिषण डढेलो , न्युयोर्कलगायतका सहर धुवाँले ढाक्यो
जेठ २६, २०८० शुक्रबार
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ
जेठ २६, २०८० शुक्रबार
तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टी स्थल नजिकै विस्फोट, ११ जनाको मृत्यु
जेठ २६, २०८० शुक्रबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
संशाेधित नागरिकता ऐनको पक्षमा भएको धर्नामा जसपाका सांसद सहभागी
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
जेठ २६, २०८० शुक्रबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेस
जेठ २६, २०८० शुक्रबार