भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ सुरु
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २१:५१:५५
१७ चैत, काठमाडौं । आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो ।
मेलाको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको रहेको बताए ।
“सुशासन, पुँजीगत खर्च र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ । त्यसका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ”, श्रेष्ठले भने । पुष्प व्यवसाय प्रवर्द्धनमार्फत अर्थतन्त्रमा टेवा पु¥याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजान आवश्यक रहेको उनको भनाइ छ । त्यस्तै अहिलेको बिग्रँदो अर्थतन्त्रलाई यथास्थितिमा चल्न दिन नसकिने बताउदै श्रेष्ठले सुधारका लागि सरकारले हस्तक्षेप गर्ने बताए ।
मेलाबारे जानकारी दिँदै फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए ।
“बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् । परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि विनाधितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ”, उनले भने । कोभिड–१९ महामारीअघिसम्म नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर भइसकेकामा अहिले लगानी घट्दै गएपछि फेरि भारतबाट आयात हुन थालेको उनको भनाइ छ ।
अहिले पुष्प व्यवसायमा रू सात अर्ब बराबरको लगानी र रू दुई अर्ब ३० करोडको वार्षिक कारोबार रहेको उनको भनाइ छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट रू ३६ अर्ब बराबरको पुष्प आयात भएको तामाङले जानकारी दिए ।
अहिले नेपालको पुष्प व्यवसायले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो क्षेत्रमा लगानी घट्दै गएको तामाङको भनाइ छ । “अहिले ठूलो मात्रामा चोरी निकासी भइरहेको छ । नेपालको उत्पादनले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा यो क्षेत्रमा लगानी घट्दै गएको छ । प्लान्ड क्वारेन्टाइन तथा विषादी व्यवस्थापनमा पनि समस्या छ”, उनले भने । पुष्प प्रवद्र्धन नीतिलाई समयसापेक्ष परिमार्जन गरी तीनवटै तहका सरकारमार्फत कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
मेलामा ८० वटा स्टल छन् । जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल छन् । मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन् ।
पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङ्गलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी रहेको आयोजकको भनाइ छ ।
मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको छ । पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एसोसियसनले जनाएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार