क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो
नेपालबहस संवाददाता
चैत १८, २०७९ शनिबार १४:३१:१७
१८ चैत, खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा रु १७ लाख एक हजार सहयोग जुटाइएको हो ।
आफ्नो गाउँठाउँको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आलेमगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट रु एक हजारदेखि रु तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिए ।
राईको उपचारमा हालसम्म रु १८ लाख खर्च भइसकेको उनका पारिवारिक स्रोतले जनाएको छ । उपचारमा संलग्न डाक्टरको परामर्शअनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक रु दुई लाखभन्दा बढी खर्च भइरहेको जनाइएको छ ।
सङ्कलन भएको रकमको चेक सांसद रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्य अभियान्ता मगर, समाजसेवी ध्यानकुमार राई, क्याप्टेन विष्णुभक्त राईलगायतको उपस्थिति रहेको थियो ।
क्यान्सर पीडित राईको उपचारका लागि सहयोग सङ्कलन अभियानमा सांसद राई, निवर्तमान सांसद विशाल भट्टराईदेखि प्रकाश बञ्जरा, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, देवुपासालगायतले सहयोग गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार