सरकारी स्वामित्वको नेवानीभित्र राज्य झुकाउने रत्यौली
केदार भट्टराई (काका)
चैत १९, २०७९ आइतबार १९:३९:२०
१९ चैत, काठमाडौं । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापकीय लापर्वाहीले लाजको पनि सीमा नाघेको छ । यसको व्यवस्थापकीय नेतृत्वमाथि प्रश्न उठाउनु पनि अब लाजमर्दो भइसकेको छ । प्रधानमन्त्रीका रुपमा राज्यको नेतृत्व लिएर बसेका र विभागीय मन्त्रीको जिम्मेवारीमा बसेकाहरुको नैतिक हदले पनि सीमापार गरेकै देखिन्छ । विगतदेखि त भएकै थिए र तर हालसालै नेपाल वायुसेवा निगममा भएका अति नित्कृष्ट र तल्लो स्तरका कर्मले विश्वमा म नेपाली हुँ भनेर भन्न सक्ने हैसियत पनि मेटाएको छ ।
प्रसंग जोडौः नेपाल वायुसेवा निगमका पछिल्ला घटनाबाट । नेपाल वायुसेवा निगम भनेको विश्वमा नेपालको परिचय दिने एउटा महत्वपूर्ण अंग हो । यसले गन्तव्यका मुलुकहरुमा नेपालको राष्ट्रिय झण्डा फहराएर यात्रुहरुलाई यात्रा गराउँछ । उसले फहराएको झण्डाले नेपाल र नेपालीको पहिचान दिन्छ र यसले गरेका हरेक नराम्रा कामको दोष नेपाल र नेपालीले लिनुपर्छ । यसले फहराउने नेपाली झण्डाको अर्को मुख्य उदेश्य थियो, विश्वका रमणीय क्षेत्र घुम्न रुचाउने पर्यटकहरुलाई नेपालमा आकर्षित गराउनु पनि थियो । यो अस्तित्वमा अब निगम छैन् ।
विगतदेखि नेपाल वायुसेवा निगम एक भ्रष्ट, राजनीतिक नियुक्तीको अखडा र नालायकहरुलाई व्यवस्थापकीय जिम्मेवार दिएर सत्ता समिपका व्यक्तिहरु भर्ति गर्ने संस्था हो भनेर नेपालीहरुले चिने पनि विदेशमा यसरी चिनिएको थिएन । केवल यात्रका लागि नेपाल सरकारले चलाएको जहाज उपयुक्त छैन र यसमा यात्रा गर्नु हुँदैन भन्नेसम्ममा मात्र एकपटक चढेका विदेश यात्रु र उनीहरुले सुनाएका सीमितले मात्र बुझेका थिए । तर, दुई सातामा नेपाल वायुसेवा निगमका कर्मचारी, यसको व्यवस्थापनले देखाएको हर्कतले अब नेवानी विश्वका जहाज कम्पनीहरुको अगाडी निकम्मा र पत्रु भइसकेको छ ।
केही अगाडी नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज एउटा पाङग्रा पन्चर भएर पश्चिम अफ्रिकाको मालीबाट ९ दिनपछि काठमाडौं फर्कियो । यसलाई निगम व्यस्थापन र विभागीय मन्त्रालयका अधिकारीहरुले ढाकछोप गर्न खोजे । जहाजको पाङग्र किन बिग्रियो र यस्ता घटना फेरी दोहोरिन नदिन के उपाय गर्ने भन्दा पनि उनीहरु घटना लुकाउनतिर लागे । तर, यसको भोलिपल्ट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाहरुमा समाचार आयो । यसको जानकारी विभागीय मन्त्री र प्रधानमन्त्रीसम्म पनि पुग्यो । नेपाली नाम सगरमाथा भएको अल्फा किलो व्हिस्की कलसाइन भएको न्यारोबडी जहाज बिहीबार दिउँसो मात्र काठमाडौं आइपुगेको थियो ।
त्यो जहाज ७५ जनाको शान्तिसेनाको फौज बोकेर काठमाडौंबाट दोहा हुँदै पश्चिम अफ्रिकाको मालीस्थित द्धन्द्वग्रस्त क्षेत्र गाओ पुगेको थियो । समाचार स्रोतहरुका अनुसार जहाजको गाओ विमानस्थलमा अवतरण भएपछि इन्जिनियरले निरीक्षण गर्दा पछाडिको एउटा ल्याण्डिङ गियरको पाङग्रा पन्चार देखियो । उक्त क्षेत्रमा जाँदा निगमले जगेडा पाङग्रा साथमा नलिएको र नजिकै पनि थिएन । अफ्रिका आसपासमा कतै पाङग्रा सहजै उपलब्ध नभएपछि निगमले काठमाडौंबाट शनिबार दुइवटा जगेडा पाङग्रा ज्याक, टायर प्रेसर इन्डिकेटर तथा अन्य कन्जुमेबल सामान कार्गोमार्फत् माली पठायो ।
उक्त जहाजले फर्किदा सेनानी संगीत पुनको नेतृत्वमा रहेका ७५ जना शान्ति सेनालाई राखेर नेपाल ल्याएको थियो । उक्त उडानमा निगमका चार जना पाइलट, १० जना क्याबिन क्रूसहित २० जना अतिरिक्त कर्मचारी पनि थिए । यो जहाज कात्तिक २ गते राति ११ बजे सेनाको ईओडी गुल्मको आठौं डफ्फा बदली गर्न काठमाडौंबाट उडेको थियो । सानो जहाज भएकाले सिधा उडान गर्न इन्धन नपुग्ने भएकाले यसले काठमाडौंबाट उडेपछि दोहा, अफ्रिकाको चादमा इन्धन भरेर गाओ पुगेको थियो भने फर्किदा मालीको राजधानी बामाको, चाद र दोहामा अवतरण गरी इन्धन भरेर काठमाडौं फर्किएको हो ।
चैत्र १८ गते शुक्रबार पांग्रा पन्चर भएर दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २६ घन्टापछि पांग्रा सापटी लिएर दिउँसो पौने ५ बजे काठमाडौं आइपुग्यो । दिल्लीस्थित कतार एयरवेजले जगेडामा राखेका पांग्रा फेरी फिर्ता दिनेगरी मागिएको थियो, कतार एयरवेजले नदिएको भए अहिलेसम्म त्यो जहाज काठमाडौं आउने थिएन् । निगमलाई एक दिनका लागि दुइटा पांग्रा उसले सापटी दिएपछि निगमको नाईन एन–अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्कियो ।
वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा पांग्राको संयुक्त व्हिल–एसेम्ब्लीमा पन्चर भएका दुइटा पांग्रा कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको थियो । यो जहाज पांग्रा सापटी लिएन नेपाल फर्किएको साँझ नोलमा मन्त्रिपरिषद विस्तार भएको थियो र यसको खुशियालीमा पांग्रा खरिद गर्ने सकिने रकम उनीहरु खुशियाली भोजमा उठाइरहेका थिए । साँझ नेवानीको जहाजले पांग्रा सापटी मागेर स्वदेश फर्किएको समाचार आयो । सामाजिक सञ्जाल रंगिएर देश विदेशमा नेपाली ध्वजावाहक जहाजले राम्रै चर्चा पायो । तर, मुल नेतृत्वले विभागीय कर्मचारीमाथि एक शब्द सोध्ने काम पनि भएन ।
आरए २१८डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं फर्कनुपर्ने थियो । राति पांग्राका कारण यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राख्नुपर्यो पांग्राको दैनिक भाडादरको हिसाब जोड्दा जाहज घाटामै गयो । जस्मा फर्कदा २ सय ३० यात्रु थिए । कतिपयको आशंका भने जहाजमा गएका कर्मचारीहरुमा विवाद भएको अवस्थामा पांग्रा विगारिने सामान चोरेर जहाजलाई नियमित उडानबाट रोक्ने गरिन्छ भन्ने पनि छ । यसो गर्दा आफ्ना यात्रुहरु अरु जहाजलाई दिइन्न छ र त्यसबापत पैसा दिइन्छ । यो काम अनलाइन मार्फत गरिए पनि टिकट वितरणमा सबैभन्दा धेरै हुने गरेको छ ।
त्यस्तै हिजो शनिवार मात्र राती दुबई उड्न लागेको निगमको वाइडवडी जहाजका को—पाइलटलाई पखाला लागेपछि १ सय ५३ यात्रु अलपत्र परे । काठमाडौं–दुबई–काठमाडौंको उडानमा बस्न तयार भएर बसेका यात्रुलाई को—पाइलटलाई पखाला लगेका कारण जहाज जान नसक्ने जानकारी आयो । यसको कारण थियो निगमसँंग अर्को पाइलट नहुनु । केहीबेर निगम व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को–पाइलट खाज्यो तर भेटेन । शनिबार रातिको १२ बजिसकेको हुँदा होटल पनि राम्रो भेटिएन । उडान नम्बर– आरए २२९ को बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला र ज्ञानेश्वरका होटलमाा लगेर राखियो । योसँगै दुबईबाट आज आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान आरए २३० उडान पनि रद्द भयो ।
उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा पालेर राख्नुपर्यो । स्रोतका अनुसार निगमसँग दुइटा वाइडबडी विमान छन् । यसका लागि ६ जना को–पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । भएका पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा छन् । १२ जना को–पाइलटको व्यवस्था गरे निगममा यो समस्या पदैन । यी निगममा हुन घटना सामान्य देखिएपनि यसले नेपालको शाख विश्वमा नै धुमिल बनाएको छ । सरकारी स्वामित्वमा भएका दुइवटा जहाजको व्यवस्थापन गर्नपर्ने काम निगम व्यवस्थापनको हो ।
यो निगम नेपाल सरकारको पर्यटन मन्त्रालय अन्तर्गत छ । विगत केही वर्ष यता यो मन्त्रालयको जिम्मेवारीमा सबै पार्टीका एक दर्जन बढी मन्त्री भइसकेका छन् । यसमा हुने ठूला भ्रष्टचारका काण्डमा प्रायः सबै प्रधानमन्त्री मुछिएका छन् । ठूला आयका घटनामा मन्त्री र प्रधानमन्त्रीले चासो राख्छन भने साना तेल, टायर इन्जिन र पाटपुर्ज चोर्ने कार्यमा व्यवस्थापनकदेखि कर्माचरीसम्मको नियमित काम नै हो भन्दा फरक पर्दैन । अहिले नेपालको जहाज पांग्रा सापटी लिएर नेपाल फर्कियो अरे भनेर विश्वभर समाचार गइरहँदा देशको प्रधानमन्त्रीमा प्रचण्ड र विभागीय मन्त्रीमा सुदन किराँती विराजमान छन् ।
पर्यटनमन्त्री किराँती तीन महिना अगाडी यो मन्त्रालयको जिम्मेवारमा पुगेका हुन । उनलानई यसको व्यवस्थापकी पक्ष र कर्मचारीले गर्दै आएका कामबारे धेरै जानकारी छैन । उनले मन्त्री भएपछि पहिलो निगम व्यवस्थापन बैठकमा एकमहिना भित्र निगम सुधार गर्ने योजना ल्याउन नसक्ने व्यवस्थापक र कर्मचारीलाई राजीनामा दिन भनेका थिए । तीन महिना भयो राजीनामा त के एकपछि अर्को पांग्रा प्रकरणहरु दोहोरिन थाले । निगमको व्यवस्थापकमा गएका र मन्त्रालयका कर्मचारीबारे भन्दा पनि पांग्रा प्रकरणले सबैको ध्यान यतिबेला मन्त्री किराँतीतिर खिचेको छ । यो हदसम्मको बेइज्जत हुँदा मन्त्री आफैले मेलै सकिन भनेर राजीनामा गर्छन कि गैरजिम्मेवार र नालायक व्यवस्थापनको जिम्मेवारीमा रहेकालाई तत्काल वर्खास्त गर्छन रु
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपत्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार