तातोपानी र हिल्सा नाका खोल्न चीन तयार

नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २१:१५:३७

१९ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँग जोडिएका दुई व्यापारिक नाका तातोपानी र हिल्सा खोल्न चीन सहमति भएको जानाएको छ । यी नाका बैशाख १८ गते देखि पूर्ण खुला हुने भएका छन् । यही चैत १५ गते तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयले जनाएको छ । नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको हो । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे ) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पनि पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको बथनाहाबाट विराटनगर आइपुग्दै कार्गो रेल
जेठ १८, २०८० बिहिबार
पौडेल बने भन्सार विभागका महानिर्देशक
जेठ १७, २०८० बुधबार
अर्थमन्त्रीले कुन–कुन वस्तु र सेवामा गरे करका दरमा हेरफेर ?
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार