नेप्से दोहोरो अंकले घट्यो, १ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २१:३३:४०
१९ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अंकले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ ।
सिवम सिमेन्ट दोश्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सुचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ । आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार