fbpx
17 C
Kathmandu
बुधवार, नोभेम्बर 13, 2019
Advertisement

हाम्रो बारे

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।

खोजमुलक पत्रकारिता गर्ने उद्देश्यसहित नेपालबहस डटकम वि.स.२०७३ साल फाल्गुण २२ गते आइतबार (March 5,2017) डोमेन दर्ता भई वि.स. २०७४ बैशाख २५ गते प्रेस काउन्सिल नेपालमा सुचिकरण भएको समाचार पोर्टल हो । यसले वि.स. २०७४ बैशाख २६ गतेदेखि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,सूचना विभागबाट स्वीकृति लिई विधिवत सञ्चालनमा आएको हाे । प्रेस काउन्सिलमा यसको दर्ता न. १५४३-०७३-०७४ तथा विभागको दर्ता न. १३०/०७३/०७४ रहेको छ ।

यसअघि यस मिडिया हाउसले सदावहार डटकम नामक अनलाइन न्युजपोर्टल २०७१ साल पौष १८ गतेदेखि सञ्चालनमा ल्याएको थियो । जसलाई उल्लेखित मितिमा मर्ज गरि नेपालबहस डटकमलाई आधिकारिक अनलाइन बनाइएको छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

हाम्रो टिम

इन्द्र रिजाल

प्रधान सम्पादक/अध्यक्ष

विगत २७ बर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशिल रिजालले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै अमेरिकाको फ्लोरिडास्थित ईन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सबाट मानार्थ बिद्यावारिधी गरेका रिजाल अर्थ राजनीतिक धारको खोजमुलक पत्रकारितामा रुची राख्छन् ।
थप पढ्नुहोस्

Sanchita poudyal

Guest Editor

Kusum Bishwokarma

Sub-Editor

Khagendra Bhandari

Reporter