दुर्घटनामा महिलाको मृत्यु

ल्हान । सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा निवासी ३५ वर्षीया जुमेदा खातुनको मृत्यु भएको प्रहरीले छ । बसलाई उछिन्ने गर्ने क्रममा सो दुर्घटना भएको र घटनास्थलमै खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । थप पढ्नुहोस्

बसको ठक्करबाट एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । थप पढ्नुहोस्

स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु !

दमक । स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । मृतकको चार घण्टापछि वतन खुलेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

कञ्चनपुरमा फेरि अर्को घटना : १२ वर्षीय बालक मृत फेला !

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा सोमबार एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो । बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिए । विवेकको कानबाट रगत बगेको, आँैलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उनले भने,“शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ । थप पढ्नुहोस्

सुनसरीमा प्रहरी र भारतीय डाँकाबीच गोली हानाहान !

इनरुवा । भारतीय डाँका र प्रहरीबीच सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गोली हानाहान हुँदा एक जनाको गए राति मृत्यु भएको छ । गए राती नेपाल प्रहरी र चाररपाँच जनाको समूहमा आएको भारती डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । चाररपाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासी गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समुहका एक व्यक्तिको मृत्यु भएको हो । थप पढ्नुहोस्

ट्र्याक्टरले किचेर बालकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए । थप पढ्नुहोस्

अस्पतालभित्रै आत्महत्या !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए । थप पढ्नुहोस्

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए । थप पढ्नुहोस्

भुटानी शरणार्थी शिविरमा आगलागी !

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । थप पढ्नुहोस्

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को १ प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो । घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । थप पढ्नुहोस्
1 2 3 55