fbpx

भानुको जन्मजयन्तीमा कबिता र प्रभातफेरीे


Share This

नेपालबहस संवाददाता    

असार २९, काठमाडौं । लक्ष्मी साहित्य समाज पर्साले आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाएको छ । बीरगंजको घण्टाघर चोकबाट निकालीएको झाँकी सहितको प्रभात फेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानीय होटल मकालुमा पुगी सम्पन्न भएको थियो । कबिता बाचनका प्रमुख अतिथी साहित्यकार एल.बी. क्षेत्रीले दिप प्रजवलन गर्दै भानुभक्तको फोटोमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी क्षेत्रीले आज पुनः पुरानो नेपाल फर्किएको महशुस भएको उल्लेख गरे । हामी पहिले जसरी भानु जयन्ती मनाउँदै थियौ त्यस्तै आज यस संस्थाले मनाएको पाए जस्तै खुशी लागेको बताए । वनले भने ः– भानुभक्तले धेरै लेखेका छैनन् तर थोरै लेखेपनि गुणस्तरीय लेखेका छन् त्यही नै महत्वपुर्ण कुरा हो ।

लक्ष्मी साहित्य समाज पर्साका संयोजक महेशचन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न विद्यालयका छात्रछात्रा, साहित्यकार लगायतले भानुभक्तका सन्दर्भमा आ–आफ्नो कबिता वाचन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रहरी उपरीक्षक टिका पोखरेल, साहित्यकार सुमन घिमिरे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लेखक एवम् उघमी गणेश लाठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण मायामितु न्यौपानेले गरेका थिए । शासन प्रशासनको कुरिति प्रति जनचेतना जगाउने साहित्यीक श्रष्टाहरुलाई पनि कारागारमा थुनेर राखिएको अवस्थाको सन्दर्भमा भाँकी निकालीएको थियो । आदिकवी भानुभक्त आचार्यको जन्म झण्डै दुइ शताब्दी पुर्व, हालको तनहुं जिल्लाको रम्घा भन्ने गाँउमा बि.स. १८७१ मा असारको २९ गते आईतवारका दिन भएको थियो । उनले रचेका थुप्रै साहित्यीक श्रृजनाहरु मध्ये उनी द्वारा पहिलो पटक नेपालीमा लेखिएको रमायणलाई प्रमुख कृतीको रुपमा लिइने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार