कटक र सायाको अभिनयमा ‘कति माया गर्छु’ भिडियो सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं ।  बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” सार्वजनिक भएको छ ।

गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।

ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई गीतमा ब्यक्त गरिएको छ ।

सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया