पुरस्कारका उत्कृष्ट दश गीत छनोट


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।

उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक ‘इलाम’, रमेश शुभेच्छु ‘पाँचथर’, डा कमल थापा ‘काठमाडौँ’, गोपाल दाहाल ‘सुनसरी’, तुलाधर विश्वकर्मा ‘बाँके’, सौरभ सुनुवार ‘काठमाडौँ’, जितेन्द्र खाती ‘दोलखा’, अम्सुला कार्की ‘ओखलढुंगा’, रवीन्द्र बुढाथोकी ‘काठमाडौँ’ र देवेन्द्र अर्याल ‘काठमाडौँ’ छन्।

निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहेका थिए । छनोटमा परेको ती गीतकारलाई २०५औँ भानुजयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले बताए । ती गीतको रेकर्डसमेत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया