फिल्म ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । फिल्म ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेललाई देख्न सकिन्छ । विशारद बस्नेत निर्देशित मिस्टर भर्जिन तीन युवाको यौन मनोविज्ञान कथा आधारित छ ।

टिजर हेर्नुस् :

वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्युसन प्रा.लीको ब्यानरमा बनेको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म भदौ १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Image result for फिल्म ‘मिस्टर भर्जिन

‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ । फिल्ममा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।

Image result for फिल्म ‘मिस्टर भर्जिन‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।
तपाईको प्रतिक्रिया