टंक अशोकबारे राखिएका युट्यूब टाइटलले आलोचनाको सिकार हुदै


Share This


नेपालबहस संवाददाता    63 Views

काठमाडौं । पछिल्लो समयमा निकै चर्चा बटुृल्न सफल गायक तथा संगीतकार टंक बुढाथोकी अशोक दर्जीका युट्यूब टाइटलले तनावमा रहेका छन् ।

कला भएर नि अवसर र ठाउँ नपाएका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याएर बाल गायक बनाएका हुन् । यो टंक बिना सम्भव पनि थिएन । काठमाडौं आएर एउटा गीत सार्वजनिक गर्ने वित्तिकै अशोक देश देखि विदेश सम्मका स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ ।

अशोकले गित मात्र गाउने होइन पढ्नका लागि स्कुलमा भर्ना पनि भएका छन् । तर टंकले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अहिले सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु व्यापक रुपमा भइरहेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नै यस्ता कुराहरुले आफूलाई अशोकको लागि काम गर्न समस्या भइरहेको बताए ।

भर्खरै मात्र सामाजिक सञ्जाल फेसबुक मार्फत टंकले एक स्ट्याटस लेख्दै यस्ता टिप्पणीले अशोकका लागि अझ राम्रा कामहरु गर्न कठिन भइरहेको र यस्ता भ्रमक कुराहरु नगर्न सबैलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया