‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक


Share This


नेपालबहस संवाददाता    95 Views

काठमाडौं । हाँस्यप्रधान सामाजिक फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा एकैसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय रहेको छ ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।

‘ट्रेलर हेर्नुस’

फिल्मको गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ । मुभिङ पिक्चर्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया