शुक्रबार एकैसाथ ४ चलचित्र रिलिज !


Share This


नेपालबहस संवाददाता    81 Views

काठमाडौं । शुक्रबार एकैदिन चारवटा नेपाली चलचित्र रिलिज भएका छन् । विश्वकप सुरु भएपछि निर्माताहरुले रोकेका ४ वटा चलचित्र रिलिज शुक्रबार एकैचोटी रिलिज भएका छन् ।

शुक्रबार एकैचोटी रिलिज भएका ४ चलचित्रहरु मिलन चाम्स निर्देशित बबी, शोभित बस्नेत निर्देशित बाबु कान्छा, राजबहादुर साने निर्देशित वीरांगना र कल्याण अधिकारी निर्देशित यो पागल मन देशैभर आज एकचोटी रिलिज भएका छन् ।

वास्तविक कथा र पात्रमाथि निर्माण भएको चलचित्र बबी निकै आशातीत चलचित्र हो । भागेर विवाह गरेका उमेश थापा र कविता गुरुङको प्रेमकहानी समेटिएको चलचित्रमा उनीहरूकै संघर्ष समेटिएको छ ।

Related imageप्रेमकथाका साथै पारिवारिक फिल्म भनिएको बबीको छायांकन नर्बे, काठमाडौं र पोखरामा गरिएको हो । फिल्ममा बोलिएका सबै डाइलग असली भएको निर्देशक मिलन चाम्स बताउँछन ।

उता अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र वीरांगना’ पनि आजै मैदानमा आएको छ । । यो जोडी एकसाथ पर्दामा देखिन लागेका कारण पनि दर्शकमा अलि बढी नै चासो छ । दुवै सशस्त्र प्रहरीको भूमिकामा यस चलचित्रमा देखिएका छन् ।

Image result for चलचित्र वीरांगना’अनुप प्रचारमा नहिँड्दा यसको फाइदा अर्का अभिनेता पृथ्वीराज प्रसाईंलाई भएको छ । प्रज्ज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल, धीरेन शाक्यलगायतको अभिनय रहेको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीरांगना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्टले निर्माण गरेका हुन् ।

यस्तै यो पागल मनमा गौरी मल्ल, विनोद न्यौपाने, ऋचासिंह ठकुरी, राजेश ढुंगाना, एनी कँुवर यस चलचित्रमा मुख्य अभिनय रहेको छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा विनोद न्यौपानेलाई लभर ब्वाईको रूपमा देखाइएको छ भने नाइँ नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका ऋचासिंह ठकुरी पाँच वर्षपश्चात् यसै चलचित्रमार्फत पुनआगमन गर्दै छिन् ।

Related image

यस्तै यो चलचित्रमा गौरी मल्ल पनि सशक्त भूमिकामा छिन् । चलचित्रको प्रदर्शनीका लागि आफू निकै उत्साहित रहेको कल्याणको भनाइ छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजु किराँत राईको द्वन्द्वनिर्देशन, दयाराम पाण्डेको गीत रहेको छ ।

र आज बिहीबार चलचित्र ‘बाबु कान्छा’ लाई सेन्सरबोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सेन्सरबोर्डले दिएको यो सर्टिफिकेटका आधारमा फिल्मलाई बालबालिकादेखि सबै उमेरसमूहका व्यक्तिले हेर्न पाउने भएका छन् ।

Image result for बाबु कान्छा’

माया प्रेम र रोमान्सका दृश्यलाई कलात्मक ढंगले चलचित्रमा समेटिएको छ । शोबित निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

बाबु कान्छामा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया