‘नाईं नभन्नू ल ५’ को ट्रेलर १ नम्वर ट्रेन्डिङमा


Share This


नेपालबहस संवाददाता    40 Views

काठमाडौं । सुपरहिट सिरिज ‘नाईं नभन्नू ल ५’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको छ । गत सोमबार सार्वजनिक गरिएको विकास आचार्य कृत फिल्मको ट्रेलर शुक्रबार ट्रेन्डिङ नम्वर एकमा आएको हो । ट्रेलरलाई हालसम्म ७ लाख ६६ हजार ५ सय ५६ जनाले हेरेका छन् ।

ट्रेलर हेर्नुस्

 

लामो समयपछि नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको हो । बुढासुब्बा युटुव च्यालनबाट सार्वजनिक भएको ट्रेलर नेपालको ट्रेन्डिङको १ नम्बर स्थानमा परेका छ । ‘नाईं नभन्नू ल ५’ नेपाली चलचित्र भदौ ८ गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको ‘नाईं नभन्नू ल ५’ मा अनुभव रेग्मी, प्रियंका कार्की सेड्रिना शर्मा, स्वस्तिामा खड्का, अभिषेक नेपाल, केकी अधिकारी लगायत कलाकारहरुको अभिनय छ ।

आचार्यले सामिप्यराज तिमल्सेनासँग कथा लेखनमा सहकार्य गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया