fbpx

तिजको लहर अमेरिकासम्ममा करिश्मालाई लिएर आइन पारु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पछिल्लो समय तीजको दर खाने चलन एक महिना देखि नै सुरु हुदै गइरहेको हाम्रो समाजमा भर्खरै मात्र गायीका पारु रंजितको स्वरमा रहेको ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ ।

गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्दरसंगीत बाबुल गिरीको रहेको छ भने, नायिका करिश्मा मानन्धरले अभिनय संगै छमछमी नाचेकी छिन् ।

Image may contain: 5 people, people smiling, people standing and shoesश्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका छन् । केही पहिला नारीका दुख बेदना संग गाइने पछिल्लो समय माया पिरतीमा समेटिएका छन् । तर पारु तीज गित भने, दरको लहर अमेरिका सम्म चलेको कुरा समेटिएको छ ।

दुख पिडा बिर्सीएर पिर मनमा नलिएर रमाउदै तीज मनाउ,जताजता नेपाली छन् । तीज तेतै सम्म भन्दै घांस पात सधै गर्ने दिदिबहिनीलाई पनि तीजको दिन माइत जान र रमाउन पारुले गित मार्फत अनुरोध गरेकी छिन् ।

Image may contain: 5 people, people smiling, people standing and outdoor

भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजलाई मध्यनजर गर्दै तिजसँग सम्बन्धित विभिन्न गीतहरु बजारमा आएका छन् । त्यसै भिडमा गायिका रंजितको यस गीत तिजको लहर अमेरिका सम्म थपिएको छ ।

OSR Digital  युटुव च्यानलमार्फत तीज लहर चलीसक्यो अमेरिकासम्म सार्वजनिक गरिएको पारुको तिज गित अहिले सम्म दश हजार भन्दा बढिले हेरेका छन् ।

तिजको लहर अमेरिकासम्म

तपाईको प्रतिक्रिया