fbpx

कमेडी कथामा निर्माण चलचित्र ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मिन कुमार तामाङले निर्माण गरेको चलचित्रमा ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज भएको छ । पवन गौतमको छायांकन तयार पारिएको चलचित्र साउनको १८ गतेदेखि नेपालभर रिलिज हुने भएको छ ।

पहिलो ट्रेलर सार्वजनिक भएसँगै साउथको चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भनेर आलोचना भोगेको चलचित्र ‘झमकबहादुर’को निर्माण पक्षले यसको दोश्रो ट्रेलर सार्वजनिक गरेको छ ।

चलचित्रका निर्देशक भोमन कटुवालले दोश्रो ट्रेलरले चलचित्र मौलिक कथामा बनेको छ भनेर वुझ्न सकिने बताए । उनले, सुन तस्करी, लुट र अपहरणको कथामा यो चलचित्र बनेको बताए ।

ट्रेलरमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका छ । ओम सुनारको संगीत रहेको चलचित्रमा राजु किराँतको एक्सन छ । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको दाबी यसको निर्माणपक्षको छ ।

‘झमकबहादुर’को दोश्रो ट्रेलर

तपाईको प्रतिक्रिया