पत्रकार धमलासंग अधिकारीको हमला : चर्का कुरा नगर बोली समाल


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाको बारेमा बनेको “ऋषि धमला” बोलको समसामयिक गित तिजको लयमा सार्वजनिक भएको छ । मिडियामा बोल्ने हेर मेरो आफ्नै पेसा हो मेरै कारणले फेरिएको नेपाल देश हो  भन्ने धमलाको चर्चा बटुल्दै यो गित बजारमा आएको छ।

सन्तोष देउजाको शब्द र संगीत रहेको उक्त गीतमा राधिका हमाल र प्रदिप थपलियाको स्वर रहेको छ। बोल मायाकी अन्जली अधिकारी र ऋषि धमला आफैले अभिनय गरेको गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन्। विष्णु शर्माको सम्पदान अनि राजेश घिमिरेले छायांकन गरेका छन्।

सधै राजनितिक र समसामयीक बिषयमा अरुको अन्तरवार्ता लिने पत्रकार धमलालाई यस भिडियो गितमा बोल मायाकी अभिनयमा सबैको मन जित्न सफल कलाकार अञ्जलीले अन्तर्वाता लिएकी छिन् । उनले चक्रा कुरा नगर बोली समाल भन्दै धमलामाथि हमला गरेकी छिन् ।

कर्पोट मिडिया प्रा. लि. को प्रस्तुति र हाइलाइट नेपालको युटुब च्यानलबाट सार्वजानिक गरिएको गीतले २ दिन भित्रै २० हजार भन्दा बढी भ्युअर बटुल्न सफल बनिसकेको छ।

“ऋषि धमला”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार