fbpx

मन्जु र सन्तुको छम्म छम्म गीतमा नाच्दै निता र दीपेन्द्र


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत छम्म छम्म बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश अबिरलको एरेन्ज रहेको छ । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उ सँगै नाच्नलाई आउँछ ।

गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश घिमिरेको छायाङ्कन र बिष्णु शर्माको सम्पादन रहेको छ । गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो ।

छम्म छम्म

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार