fbpx

मेनुकाको तिमी मरेर गयौ गीत सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गीतकार राजबाबु श्रेष्ठ सागरको वास्तविक घटनामा आधारित गीत तिमी मरेर गयौ भन्ने सार्वजनिक भएको छ ।गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए ।

धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र बजारमा ल्याउने काम भने भर्खरै भएको छ । गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी शरदले अतिनै मिठो संगीत भरेका छन भने बि. बि अनुरागीको संगीत सम्योजन न्यायपूर्ण छ ।

नेपाल आइडल प्रतियोगी र सबैको मन मनमा बस्न सफल मेनुका पौडेलले यो गीतको भाव अनुसार नै गीतलाई गाएर न्याए गर्न सफल भएकी छिन । यो गीतको सम्पूर्ण टिमले नै दर्शक, श्रोताहरुले गीत मन पराउने आशा ब्यक्त गरेका छन ।

तिमी मरेर गयौ गीत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार