fbpx

मोहन र दिलीपको ‘नाच मायालु’ हेर्नुहोस भिडियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गायक अमितबावु रोकाया र गायिका मिनु विश्वकर्माको आवाजमा रहेको नयाँ तिजको गीत बजारमा सार्वजनिक भएकोछ ।

बुर्तिबाङ म्युजिक प्राली र धुर्वे धुर्वेनी फिल्म प्राली प्रस्तुतीमा मोहन विरही श्रीपाली र दिलिप रसाइलीको मौलिक तिजको कोशेली“नाचँ मायालु” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । नेपाली मौलिक परम्परालाई जर्गेना गदैँ निकै रमाइलो पारामा गीत तयार गरिएको छ ।

गीतमा दिलिप रसाइली र बुर्तिबाङ म्युजिक प्रालीका प्रवन्ध निर्देशक मोहन विरही श्रीपालीको शब्द सिर्जना रहेको छ । भिडियोलाई अर्जुन कुमार सुनारले क्यामेरामा कैद गरेका छन् भने निर्देशन गोविन्द विवसले गरेका छन् ।

साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन अमर विकले गरेका हुन् । भिडियो धुर्वे , धुर्वेनीमा खेम बहादुर मगर र विमला बुढाथोकी को अभिनय रहेको छ ।

हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया