fbpx

देशैभर शुक्रबार एकसाथ ३ चलचित्र प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । करिव १ कहिनाको विश्वकप सकिए यता सातामा एकसाथ ३ वटा चलचित्र प्रदर्शनमा आउने क्रम रोकिएको छैन । साउन ११ गते शुक्रबार आज पनि एकसाथ देशैभरमा सिनेमा हलहरुमा ३ वटा नेपाली सुपरहिट चलचित्र प्रदर्शनमा आएका छन् ।

नरेश कुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’आज देखि प्रदर्शनमा आएको छ । यस सिनेमामा विनय श्रेष्ठ र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

Image result for 'रोमियो एण्ड मुना’म्युजिकल लभस्टोरीमाआधारित रहेको ‘रोमियो एण्ड मुना’ मा गौरव डोगावंकर, कोशिस क्षेत्री र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ । थाइल्याण्ड तथा नेपालका आकर्षक दृश्य समेटिएको यस सिनेमामा रोमियो र मुनाको प्रेमलाई फरक ढंगले प्रस्तुत गरिएको छ ।

प्रसन्न गोपाली, रामबर्मा, कविन शाक्य र अभिनेता विनय मिलेर सिनेमा निर्माण गरेका हुन् । ‘रोमियो एण्ड मुना’ २ करोडभन्दा माथिको बजेटमा निर्माण भएको सिनेमा हो ।

सिनेमाले लगानी उठाउला कि नउठाउला त्यसको लागि भने केही दिन कुर्नुपर्नेछ । यस सिनेमालाई दिपांकर सिग्देल र बाबु श्रेष्ठले संयुक्त रुपमा छायाकंन गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेकाहुन् ।

Image result for चिमुसीचि

उता आजैदेखि सिनेमा चिमुसीचि पनि प्रदर्शनमा आएको छ । दिनेश श्रेष्ठको निर्देशन रहेको यस सिनेमामा सुशान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमलीवाईवा, शंशाक बस्याल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

देशभरका झण्डै ७० वटा हलमा प्रदर्शनमा आएको यो सिनेमा म्युजिकल थ्रिलर विधामा निर्माण गरिएको छ । बासु न्यौपानेले खिचेको यस सिनेमालाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

Related imageसिनेमा पोखरा, काठमाडा‌ै, दमौली, बै‌‌‍ंककमा खिचिएको हो । यो सिनेमानिर्माणमा ८५ लाखलागेको निर्माण पक्षले जनाएको छ । यस्तै आजै देखि सिनेमा‘सुकुलगुण्डा’ पनि प्रदर्शनमा आएको छ । अन्य दुई सिनेमाको तुलनामा यो सिनेमाले कम हलमा प्रदर्शन हुने मौकापाएको छ ।

प्रचार प्रसारमा पनि खासै समय नदिएका कारण यो सिनेमाका बारेमा दर्शकलाई पनि खासै जानकारी छैन । यस्तो अवस्थामा सिनेमाको कारोबार कस्तो होला ? केही भन्न सकिने अवस्था छैन । यस सिनेमामा अभिनेत्री खुश्बु खड्का मुख्य भूमिकामा छिन् ।

तपाईको प्रतिक्रिया