fbpx

शिबरामको घायल मुटु बजारमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रेममा वियोग सहनेहरुका लागि फेरी अर्को मन छुने लोक दोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।कसैलाई जिबन भरि साथ् दिन्छु भनेर अटुट मायाको बाचा गाँसिन्छ र त्यो मायामा खोट देखा परे पछिको वियोगमा तयार भएको यो गीत घायल मुटु बोलको रहेको छ ।

रामबाबु दुवाडीको निकै मनछुने अभिनयमा सजिएको यस गीतको म्युजिक भिडियोमा अर्की मोडल अश्मिता राईको पनि अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ ।

शिबराम तिमल्सिनाको प्रस्तुति रहेको ूघायल मुटुू बोलको गीतमा राजु बोहरा र पार्वती कार्कीको सुमधुर स्वर सजिएको छ । प्रस्तुत गीतलाई लय माधव खड्काले तयार गरेका हुन् भने शब्द गायक स्वयम् राजु बोहराको रहेको छ ।

कृष म्युजिक प्रालिको ब्यानरमा बनेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन राम कृष्ण चौलागाईं र सम्पादन भगवान दाहालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित समुपुरना कलाकारहरुला सफलताको शुभकामना ब्यक्त गर्दछौं

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया