fbpx

दरबारको भारदारी गीत ‘हुकुम बक्सियोस्’ सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली चलचित्र ‘सुश्री सम्पत्ति’मा समावेश ‘हुकुम’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा श्रीपाली र विनोद न्यौपाने फिचर्ड छन्। गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ।

आफूलाई राजा मान्ने चरित्रलाई गीतमा समेटिएको छ। ८० भन्दा बढी कोरस रहेको गीतलाई गम्भीर विष्टले निर्देशन गरेका छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राईको स्वर छ। गीत शिवराम श्रेष्ठले छायांकन गरेका हुन्। फिल्मका छायाकार भने अर्जुन तिवारी हुन्।

सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको अभिनय छ। प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सु श्री सम्पत्ति’को कथा निर्देशक आफंैले लेखेका हुन्।

फिल्मका निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार छन्। अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूले तयार गरेका हुन्।

‘हुकुम’ बोलको पहिलो गीत

तपाईको प्रतिक्रिया