fbpx

कला समीक्षक वाङ्देलको स्मरणमा शोकसभा


Share This

नेपालबहस संवाददाता    

२२ साउन, कामाडौं । नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएकी कला समीक्षक डा डीना वाङ्देलको आज स्मरण गरिएको छ ।

नेपाल आर्ट काउन्सिलले उनको निधनको तेह्रौँ दिनको पुण्यतिथिमा आज वाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पु¥याएको योगदानको समीक्षा गरियो । उनले संयुक्त राज्य अमेरिकाको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्बन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखी नेपालको कलालाई विश्वजगत्सम्म पु¥याएकी थिइन् ।

आर्ट काउन्सिलका अध्यक्ष सत्यमोहन जोशीले नेपाली कलाको इतिहासमा गहिरो अध्ययन गरी वाङ्देलले विश्वमा नेपाली कलाको महत्वलाई फैलाएको स्मरण गरे । वाङ्देलको निधनले कला विश्लेषणका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै उनले भने, “एउटा कला समीक्षक र इतिहासकारलाई नेपालीले गुमाउनुपरेको छ ।”

काउन्सिलका उपाध्यक्ष सागरशम्शेर राणाले कलाको इतिहासमा डीनाको गहिरो र व्यापक अध्ययन रहेकाले उनलाई काल मर्मज्ञका रुपमा सम्मान गर्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले नेपाली परम्परागत, लोक तथा समसामयिक कलामा गहिरो रुचि राख्ने डीनाको निधनले नेपाली कला क्षेत्रले विशिष्ट व्यक्तित्व गुमाएको विचार व्यक्त गरे ।

कला लेखक मदन चित्रकारले नेपाली कलालाई विश्वमा चिनाउन डीनाले महत्वपूर्ण योगदान दिएको बताउँदै ‘नेपाली कलाको आइकोन व्यक्तित्वका रुपमा डीनालाई लिनुपर्दछ, उनले थपे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र कलाकार चिराग वाङ्देलले नेपाली कला क्षेत्रमा उनको विशिष्ट योगदान रहेको विचार व्यक्त गर्दै उनको मृत्युलाई पत्याउन नै मुस्किल परिरहेको बताइन्।

कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुखसमेत ररहेकी वाङ्देलले ओहायो युनिभर्सिटी, अमेरिकाबाट विद्यावारिधि गरेकी थिइन् । वाङ्देलले दक्षिण एशियाली समकालीन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा समेत अनुसन्धान गरेका थिए ।

आधुनिक कलाका विज्ञ लैनसिंह वाङ्देलकी एक मात्र सन्तान डीनाको ५४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । काउन्सिलका कार्यकारी सदस्य वाङ्देलकी आमा मनकुमारी, श्रीमान् विभाकर शाक्य र दुई छोरा देवेन र नील हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार