वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरलेको निधन


Share This


नेपालबहस संवाददाता    158 Views

काठमाडौं । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ । नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा आज उनको अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिए ।

स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । उनलाई आजै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिए ।

स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत दिएका थिए ।

तपाईको प्रतिक्रिया