मेरी बास्सै पुनः प्रशारण हुँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यालनमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै आएको छ ।

युट्युबमा पनि अत्यधिक रुचाइएको मेरी बास्सैलाई राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले निर्देशन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया