‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा


Share This

नेपालबहस संवाददाता    

१ भदौ, काठमाडौं । राजनीतिज्ञ चन्द्रदेव जोशीले रचना गरेको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ ।

कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ ।

बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताए।

पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले ज्ञानको खोजीका लागि विभिन्न किसिमको संघर्ष गरी लेखकले मुलुकमा सामाजिक न्याय, समतामूलक समाज निर्माणका लागि कृति प्रेरणाको स्रोत बन्नसक्ने विचार व्यक्त गरे ।

वरिष्ठ साहित्यकार तारानाथ शर्माले प्रकृतिको व्यापकता, धरतीको जीवन, अन्तरिक्षको गहिराइ नै जीवनको रहस्य भएको सन्देश पुस्तकले दिने बताए ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले प्रकृति, सौन्दर्य तथा राजनीतिलगायत समाजका विभिन्न आयामलाई लेखकले नयाँ शैलीबाट साहित्यमा प्रयोग गरेकाले पुस्तक पाठकलाई महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार बैरागी काँइलालगायतले मुलुकको राष्ट्रियता, इतिहास, मानवता, माक्र्सवादलगायत विषय कृतिको मूलपक्ष भएको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State