एलजि सिने सर्कल अवार्ड २०७५ हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विगत दुई वर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजि सिने सर्कल अवार्ड यस वर्ष पनि हुने भएको छ । यहि भाद्र ३१ गते काठमाडौं महानगरपालिका स्थित राष्ट्रिय सभागृहमा एलजि सिने सर्कल अवार्ड हुने भएको छ ।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो ।

अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा र गत बर्ष २०७४ साल श्रावन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ बर्षको महोत्सव मनाउँदै सम्पन्न भएको कार्यक्रमको दुवै वर्षमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्युको प्रमुख आतिथ्यतामा प्राविधिकहरूलाई विशेष सम्मान गर्दै सम्पन्न भएको थियो ।

एउटा स्तरीय पुरस्कारको स्थापना र निरन्तरताको लागि प्राविधिकहरुलाई सम्मान गर्दै कार्यक्रमको पहिलो वर्षमा लाइफटाइम अचिभमेन्ट अवार्ड २५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका तथा २०३८ साल देखि लगातार अभिनय तथा कला संयोजन गर्दै आएका उद्धव भट्टराई ९जुङ्गे०लाई नगद रु ५१०००।– सहित प्रदान गरिएको थियो भने अवार्डको दोश्रो बर्ष नेपाली २५० भन्दा बढि चलचित्रमा द्धन्द निर्देशकको रुपमा निरन्तर योगदान पुर्याउनु भएका निर्देशक एन वि महर्जनलाई नगद ५१ हजार सहित प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

सिनेमा सर्कल नेपालले यस बर्ष पनि चलचित्रकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो बर्ष पनि केहि फरक ढंगले २०७४ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएका ६३ नेपाली कथानक चलचित्रहरु बाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने छ, भने यो बर्ष लाईफ टाईम अचिभमेन्ट अवार्ड नेपाली चलचित्रमा लामो समय चलचित्र निर्देशनमा योगदान पुर्याउनु भएका राँको, करोडपति, सिमारेखा, घामछाँयाँ, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता दर्जनौ चलचित्र लगायत भारतिय र भोजपुरी चलचित्र समेत निर्देशन गर्नुभएका बरिष्ठ नेपाली चलचित्र निर्देशक किशोर रानालाई नगद रु ५१ हजार सहित सम्मान गरिने छ ।

तपाईको प्रतिक्रिया