हेर्नुस लाखे नाच


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेवार समुदायद्धारा हरेक बर्ष नाचिने लाखे नाच यस पटक पनि धुमधामका साथ नचाइएको छ । नेवार समुदायका युवाहरुले हरेक वर्ष लाखे नाच विभिन्न शहरहरुमा नचाउने गर्दछन् । यस पटक काठमाडौंमा धराने नेवार समुदायले लाखे नाच नचाएका छन् ।

मनोरञ्जनको मुख्य माध्यमको रुपमा रहेको लाखे नाच हरेक वर्ष निकालिन्छ । केही वर्ष पहिलेसम्म हरेक गाँउगाँउमा नाचीने लाखे नाच पछिल्लो समय निश्चीत स्थान र शहरहरुमा मात्र नाचीने गरिन्छ ।

हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी मनाइने लाखे पर्व झन्डै एक महिनासम्म मनाइन्छ ।

साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिने गर्छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन पनि छ ।

तपाईको प्रतिक्रिया