तीज म्यूजिक अवार्ड २०७५, उत्कृष्ट ५ को मनोनयन सार्बजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली गीत-संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ ।

हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ ।

मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ ।

वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ ।

आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड –०७५ को आयोजना गर्न लागिएको छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् ।

यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा-सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ । मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन्

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी- रातो साडीले
२ खड्क बाजुराली- दिदी भाई – २
३ कुमार राना- छम छम काली
४ श्यामश्वेत रसाइली- धनगढी थर्काउने
५ मान बहादुर मगर- तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन- पहिलो नम्बर सुन
२ विनोद बाजुराली- सौता २
३ वी.वी अनुरागी- तृतिया तिथिमा…
४ झलक संगीतम्- माइतीको आश
५ सुदिप सागर- स्वामी ज्यू…

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक- नहेर राजै
२ कमल सौराग- चन्दनै चन्दनै
३ हेमन्त शिशिर- दीदी र बहिनी
४ झलक संगीतम- जान्न फर्केर
५ सुदिप सागर- कोरीयन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर- माइती देश सम्झेर
२ खड्क बाजुराली- माइतीघर
३ चन्द्र पौडेल- बजाएर चुरा
४ भोला पौडेल- तीजको रहर
५ हेमन्त शिशिर- दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली- भदौरे झरी
२ भीम पौडेल- मायाकै पिर वरीलै
३ डी वी निरंकारी- धनगढी थर्काउने
४ डी वी लेप्चन- भाइरल
५ किशन गाहा मगर- झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल- खैनीले
२ तृष्णा खड्का- तीजैको भाकामा
३ सृष्टि थापा- चन्दनै चन्दनै
४ सलिना नेपाली- धनगढी थर्काउने
५ सरु थापा मगर- मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन- कम्मर मर्काउँदै
२ बीना भट्टराई- स्वामी ज्यू
३ बबिता बानीयाँ- दिदी भाई
४ श्रेया नेपाल- यो तीजमा
५ सुदृष्टि राई- तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी- चम्किए तरुनी
२ सन्दिप न्यौपाने- मायाको रिसाउने बानी
३ दुर्गेश थापा- गंगाको पानीमा
४ प्रकाश सपुत- लाली ओठैमा
५ निर्मल क्षेत्री- एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी- भाइरल
२ आरुषी मगर- चुरीया छइ छइ
३ करिश्मा ढकाल- कदमको छायाँले
४ दीपाशा विसी- जान्नँ फर्केर
५ पार्वती राई- दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा- लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह- स्वामी ज्यू
३ जान्वी बोहोरा- सपक्कै सारी
४ दीपाशा विसी – कति राम्रो
५ अञ्जली अधिकारी – चेलीको आशुँ

उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का- दिदी बहिनी
२ करण चैसीर- जान्न फर्केर
३ केशव अधिकारी- तीजैको भाकामा
४ सुरेश श्रेष्ठ- दिदीभाई –२
५ वीरेन्द्र भाट विपीन- तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक- तीजैमा खाने दर
२ अधिनायकमान शेरचन- आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन- यतै घमाइलो
४ प्रविण भट्ट- जान्नँ फर्केर
५ विष्णु शर्मा- चेलीको आँसु

उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर,टीका जैशी- माइती देश सम्झेर
२ स्मृति तिमील्सीना,करिश्मा ढकाल- माइतीको काख
३ दीपाशा विसी,टीका जैशी- माइती देश सम्झेर
४ खुश्वु खड्का,सहिमा श्रेष्ठ- पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल,सब्बु गौतम- चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का- भाग्यमानी छोरी
२ पवित्रा आचार्य- पहिलो नम्बर सुन
३ नारायण रीजाल- पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान- दिदी बहिनी
५ स्मृति तिमील्सीना- माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी- छड्के तिलहरी
२ प्रकाश भट्ट- छम्म छम्म
३ काजीस श्रेष्ठ- पसिना
४ विक्रम चौहान- गंगाको पानीमा
५ स्मृति तिमील्सीना- दिदीभाई –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ- सौता –२
२ नन्दा बस्याल- माइतीको आश
३ विक्रम चौहान- दिदी बहिनी
४ प्रकाश भट्ट- चेलीको आँशु
५ स्मृति तिमील्सीना- माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने- दिदी भाई –२
२ हरि विमर्शी- माइती गरीब
३ प्रवल विष्ट- स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली- दन्केको आगो
५ शिव हमाल- छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त- चेलिको आँशु
२ दिपाशा विसी- माइती देश सम्झेर
३ सविता पोखरेल- विरानो भो माइतीको
४ प्रेम सागर पौडेल- तीजैमा खाने दर
५ हरि विष्ट- माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का- भदौरे झरी
२ मधुसुदन बञ्जाडे- कदमको छायाँले
३ कमल सरगम- माइतीघर
४ रोशन कुताल क्षेत्री- दिदी र बहिनी
५ नरेश खाती- चाहिदो रैछ आमालाई

उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी- नौ डाडा पारी
२ कस्तुप पन्त- चेलीको आँशु
३ विशाल ढकाल- डोली चडीयो
४ अर्जुन सुनाम- विदेशी भूमिमा
५ हरि विष्ट- माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ,दीपा लामा- बजाएर चुरा
२ शोभा पाण्डेय,सञ्जु लम्साल- आँए म त
३ इन्दिरा रजक,अनीता कुँवर- दीदी बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट- स्कूटी किन्देउ बुढा
२ कल्पना कुसुम- संगीनी
३ करुणा राई- तीजको शुभकामना

उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल- बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल- यो तीजमा
३ हरी बहादुर महत- नरोउ छोरी
४ दीग्गज द्यौराली- माइतीको आँगन
५ धर्मराज गीरी- नौ डाँडा पारी

उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने ,शारदा बस्याल- माइतीको काख
२ लीला कवंर,चन्द्रा चलाउने- सौता –२
३ प्राश्ना शाक्य,मञ्जु थापा- तीजको रहर
४ राधिका हमाल,देवी घर्ति- माइतीको आश
५ रीता बुढाथोकी,शितल आचार्य- घिन घिन मादल

उत्कृष्ट तीज दोहोरी गीत कंपनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.

उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी- दिदी भाई –२
२ सन्तु थापा- चन्दनै चन्दनै
३ नरेश खाती- चाँहिदो रैछ आमालाई्
४ जीवन परियार- लाली ओठैमा
५ अमृत खाती- बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रिति आले – जान्न फर्केर
२ शान्ति सुनार- दिदी र बहिनी
३ लक्ष्मी आचार्य- झुम्का हरायो
४ उमा श्रेष्ठ- भाइरल
५ मिरा गिरी- तिमी मेरो दिलको

उत्कृष्ट तीज गायिका
१ टीका पुन- नौ डाडा माइती
२ काव्या आचार्य – विरानो भो माइती
३ श्री देवी देवकोटा – झल्को
४ सहिमा श्रेष्ठ- पहिलो नम्बर सुन
५ सरु गौतम – चाइनाको रेल

उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै- अनिता चलाउने ,रामजी खाँड
२ लाली ओठैमा – सुनीता विक,जीवन परियार
३ पसिना- नेत्र भण्डारी,महिमा विश्वकर्मा
४ माइती गरिव- हरि विमर्शि,पुर्णकला विसी
५ छड्के तिलहरी- जमुना आचार्य.गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत
१ तीज भनेकै- सुनिता दुलाल
२ तीजै रमाइलो- रीता केसी
३ माइतीको आँगन-मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो-अमृता लुङ्गेली मगर
५ चेलीको आसु- पुर्णकला विसी

तपाईको प्रतिक्रिया