कालुङ्गखोला सेवा समाज काठमाडौंको तीज विशेष कार्यक्रम सम्पन्न



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कालुङ्गखोला सेवा समाज काठमाडौंको तीज विशेष कार्यक्रम गोंगबुस्थित क्वालिटी क्याफेमा सम्पन्न भएको छ । पश्चिम नेपालअन्तर्गत बाग्लुङ्गजिल्लाको दक्षिणी भेगमाअवस्थित कालुङ्गखोला आसपासबाट विभिन्न उद्देश्यले राजधानी काठमाडौंमाआई स्थाइ-अस्थाई बसोबास गर्दै आएक ाव्यक्तित्वहरूको भेला तथा तीज विशेष कार्यक्रम गरिएको हो ।

बयोबृद्ध अभिभावक कुलरत्न उपाध्याय (पौडेल)को सभापतित्व र बाग्लुङ्ग क्षेत्र नम्बर २ बाट निर्वाचित माननीय संसाद् देबेन्द्र पौडेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ ।

कार्यक्रमलाई सम्बोधनगर्दै माननीय सासद् देबेन्द्र पौडेलले त्यस क्षेत्रमा जन्मीहुर्की शिक्षादीक्षा आर्जन गरेर महत्वपूर्ण जिम्मेवारीमा रहेका सबैलाई स्थानीय स्तरका विकास निर्माण कार्यमा सहयोग पु¥याउन आह्वान गरेका छन् ।

बाग्लुङ्गमा उल्लेख्य बजेट बिनियोजन भएको जानकारी दिँदै माननीय सासद् पौडेलले उक्त बजेटको सदुपयोग गर्न र भौतिक पूर्वाधारको निर्माणमा सबै क्षेत्रको उत्तिकै चासो हुनुपर्ने कुरा औँल्याएका छन् ।

कार्यक्रममा राजेश बर्देवाले नेतृत्व गरेको कलाकारको टीमले परम्परागत तीजगीत प्रस्तुत गरेको थियो भने संस्थाको भावी योजना र अहिलेसम्मको प्रगतिको विषयमा संस्थाका अध्यक्ष सुमन शर्माले संक्षिप्तकार्य प्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा करिव १ सय भन्दा बढिको सहभागिता रहेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •