fbpx

सहिमा र डेविडको “सलल बगेको पानी ”


Share This

नेपालबहस संवाददाता    

काठमाडौं। चर्चित तथा ब्यस्त गायिकाको सुचिमा परेकी भर्सटाइल गायिका सहिमा श्रेष्ठ पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक डेबिड शंकरको नया गित “सलल बगेको पानि” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायिका सहिमा र डेविडको युगल स्वर रहेको सार्वजनिक गीतमा सुमन बैरागी पण्डितका शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ ।

चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीतमा राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

म्युजिक भिडियोमा नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली मोडल बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ । जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया