fbpx

‘गुनगुन’ को ट्रेलर सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । फिल्म ’गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथा झल्किन्छ । मंगलबार राजधानीमा प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता पुकार भट्टराई, कलाकार सुवास मेचे उपस्थित थिए । आगामि कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गरिएको निमार्ण पक्षको भनाइ छ । ’कथा सामाजिक नै हो, प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।

तपाईको प्रतिक्रिया